संविधानलाई ठीक ठाउँमा ल्याउन चुनावमा तालमेल: विश्वप्रकाश

मोरङ- संविधानलाई ठीक ठाउँमा ल्याउन राष्ट्रिय राजनीतिको जडमा उभिएर दलीय तालमेलमा अघि बढेको कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छ्न्।

विराटनगरमा बुधबार आयोजित स्थानीय निर्वाचन २०७९ केन्द्रीय बृहत चुनावी आमसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले अहिलेको राष्ट्रिय आवश्यकताको एउटा बाध्यताको जडमा उभिएर कांग्रेस अन्य दलको तालमेलमा अघि बढेको बताए।

उनले भने, ‘तालमेल अहिलेको बेलामा कोही बलियो भएर होइन। तालमेल अहिलेको बेलामा संविधानलाई ठिक ठाउँमा ल्याउन कुन प्रवृत्तिलाई बलियो बनाउनका लागि, कुन प्रवृत्तिलाई बलियो बनाउने भन्नका लागि आवश्यक भएको हो।’

‘तालमेलको जगबाट कांग्रेस पार्टी एउटा बलियो दल भएर उभिन चाहन्छ। यससंगै यो मात्र नभएर बाँकी अन्य निर्वाचनमा समेत रुख चिन्हमा बहुमतका साथ विजयी गराउँदै मुलुकको मुहार फेर्न चाहन्छौँ’, महामन्त्री शर्माले भने।

उनले भने, ‘युवा र आम सर्वसाधारणलाई घरभित्र बस्नु भन्दापनि दलगतका घोषणा पत्र अध्ययन गर्दै कुन दलले सम्बृद्धी आउँछ, त्यसबारे सोच्न आवश्यक रहेको छ। घोषणापत्र अध्ययन गर्दै तपाई कुन बाटो रोज्ने त्यसतर्फ सोच्न सक्नुहुनेछ।’

एमाले र कांग्रेसको घोषणा पत्रको अघिल्लो पृष्ठबाट सम्बृद्धि कस्ले ल्याउने छ प्रस्ट हुने बताएका महामन्त्री शर्माले भने, ‘तपाई एमाले र कांग्रेसको घोषणा पत्र हेर्नुस्। कांग्रेसको घोषणा पत्रमा मान्छेको अनुहार देख्नु हुनेछ। तर एमालेकोमा मान्छेको अनुसार देख्नु हुन्न।’

एमालेले भौतिक संरचना भवनदेखि भ्यू टावरलाई घोषणा पत्रको कभरमा प्राथमिकतामा राखेको बताएका महामन्त्री शर्माले भने, ‘जसले मानिसलाई प्राथमिकतामा राखेको छैन। मानिसको चित्र समेत घोषणापत्रको कभरमा राख्न सकेको छैन। उसले भ्यू टावरदेखि अन्य भौतिक संरचनालाई जोड दिएको छ। टावरबाट टाढा टाढाका सुकुम्बासी देखिएलान् तर कांग्रेस सुकुम्बासी, जनताकोको मृद्धा बोकेर आएको छ।’

बैशाख २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्