स्पिरिट आयातमा भन्सार कम, बढाउनु पर्ने सरोकारवालाको माग

सांकेतिक तस्बिर

काठमाडौँ – सरकारले नेपालमा मदिरा उत्पादनका लागि आवश्यक पर्ने स्पिरिटको उत्पादन पर्याप्त हुँदाहुँदै पनि विदेशमा आयातलाई प्रोत्साहन गरिरहेको छ।

अरु देशको तुलनामा कम भन्सार दर हुँदा स्वदेशी स्पिरिटको खपतमा भन्दा पनि मदिरा उद्योगहरुले विदेशीबाट आयात गरिरहेका छन्।

हाल सरकारले विदेशबाट स्पिरिट आयात गर्दा प्रतिलिटर ५० रुपैयाँ मात्रै भन्सार लिँदै आएको छ। भारतमा विदेशी स्पिरिट आयातमा १५४ प्रतिशत, श्रीलंकामा ५९२ रुपैयाँ, भुटानमा १६० रुपैयाँसम्म भन्सार लिने गरेको छ।

ती देशको तुलनामा नेपालमा १६० रुपैयाँ प्रतिलिटर भन्सार हुनुपर्ने भए पनि सरकारले ५० मात्रै लिँदा स्वदेशी उत्पादनमा असहयोग पुगेको जाउलाखेल डिष्ट्रिलरी इण्ड्रष्ट्रिजका एक पदाधिकारीले बताए। नेपालमा मदिरा उत्पादनका लागि वार्षिक तीन करोड लिटर स्पिरिटको आवश्यकता छ।

त्यसमध्ये झण्डै एक तिहाइ अन्य देशबाट आयात हुने गरेको छ। नेपालका उद्योगहरुले वार्षिक पाँच करोड लिटर स्पिरिट उत्पादन गर्ने क्षमता राख्छन्।

विदेशी सामाग्रीको आयात हुँदा व्यापार घाटा र मुद्रा सञ्चितीमा असर परेकाले भन्सार बढाएर स्वदेशी उत्पादनलाई बढवा दिनुपर्ने जाउलाखेल डिष्ट्रिलरीको दाबी छ।

बैशाख २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्