आजकाे माैसम : बागमतीमा बिहानै वर्षा, दिउँसाे यी ६ प्रदेशमा वर्षा हुने

काठमाडाैँ- बागमती र गण्डकीका केही क्षेत्रमा बिहानै वर्षा भएकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेकाे हाे।

उपत्यकाकाे आकाश बदलीले ढाकेकाे छ भने केही क्षेत्रमा फाट्टफुट्ट पानी परिरहेकाे छ।

दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकीका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

राति पनि प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

बैशाख २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्