गायक मुरलीधरको एकल साँझः वषौँपछि पनि दर्शकको वाहवाही

काठमाडौँ – गायक, गजलकार तथा संगीतकार मुरलीधरको हिजो शुक्रबार ‘एकल गायन साँझ’ सम्पन्न भएको छ।

शुक्रबार साँझबाट ६ देखि ७ बजेसम्म भएको सो एकल साँझमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो।

नेपाल केन्द्रको आयोजनामा काठमाडौँको बत्तीसपुतलीस्थित बाजेको सेकुवामा भएको सो कार्यक्रममा नेपाली कला र साहित्यलाई माया गर्ने दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो।

नेपाली कला, सभ्यता, संस्कृतिप्रतिको प्रेमलाई आफ्नो अभिनय र सिर्जानामार्फत व्यक्त गर्न पोख्त रहेका मुरलीधर लामो समयसम्म देश बाहिर रहेर फर्कँदा पनि दर्शक तथा स्रोताको उस्तै माया पाउँदा निकै हर्षित देखिन्थे।

वर्तमान समयमा पुराना कलाकार, शास्त्रीय संगीत ओझेलमा पर्ने संकेत देखिएकाे बेला शास्त्रीय संगीतलाई जीवित राख्नका मुरलीधरको निकै योगदान मानिन्छ।

उनले ‘उडायो सपना सबै हुरी’, ‘निष्ठरीलाई माया गरी’,‘चिसो चिसो सिरेटोमा’ लगायतका थुप्रै गीत गाएका छन्।

 

बैशाख २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्