
गाउँघरमा रासन छैन गिठो खोज्न हिँड्छन्
सहरतिर झरेका चाहिँ मिठो खोज्न हिँड्छन्।।
काँचै खाइ अपच भएका लम्पसारको भरमा
साह्रो निल्न नसकेका लिटो खोज्न हिँड्छन् ।।
झारझुर पारोँ कस्लाइ भनि यता उता ताकि
कुरि बस्दा ढिलो होला छिटो खोज्न हिँड्छन् ।।
नयाँ खालका जोगि आए खरानिको खपत
खरानिेले सेतो नभइ पिठो खोज्न हिँड्छन्।।
आफ्नो गोडा लुला परे ढोडको भरमा फगत
रजाँइ गर्न भनि फेरि भिटो खोज्न हिँड्छन्।।
ल्याप्चे हान्ने कुन ठाउँमा केही ठेगान् छैन
राम्रालाई पाखा पार्न बिटो खोज्न हिँड्छन्।।