सुस्केरा हाल्दै डाँडाहरु चढ्दा
थकाइ मार्न पिपलको चौतारो होस्
पिरतीको गीत गुनगुनाउन
आफ्नै मिठो भाका होस्।

मायामा छटपटाएको बेला
आफैँ हराउने खुल्ला आकाश होस्
पीडामा आँशुका बलिन्द्र खस्दा
आफ्नो कोही साथ होस्।

परदेशीको प्रतीक्षाको बेला
प्रेमको मिठो सन्देश होस्
अनि त जीवन फुल्छ
डाँडाकाँडा, अनि कन्दराहरुमा
डाँडाकाँडा, अनि कन्दहरुमा।

बैशाख २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्