अग्रता जोगाउन नसक्दा पीएसजी बराबरीमै रोकियो

काठमाडौँ – फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन (पीएसजी) आइतबार राति भएको खेलमा २-० को अग्रता जोगाउन नसक्दा ट्रोएससंग २-२ गोलको बराबरीमा रोकिएको छ।

पिएसजीले घरेलु मैदान पार्क प्रीन्सेसमा भएको खेलमा मार्किन्होस र नेयमारले गोल गर्दा २-० को अग्रता बनाएको थियो।

तर ट्रोएसका इके उग्वो र फ्लोरिएन टारडिउले गोल फर्कापछि दुबै टोली अंक बाढ्न बाध्य भए।

बराबरीसँगै पीएसजीको ३६ खेलबाट ८० अंक छ। ट्रोएस ३७ अंक जोडेर १५औं स्थानमा छ।

बैशाख २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्