पुल निर्माण अनियमितता प्रकरणमा पप्पु कन्स्ट्रक्सनका बुवाछोरालाई ७ करोड २५ लाख जरिवाना

फाइल तस्बिर

काठमाडौं- बर्दियाको जब्दीघाटमा बबई नदीमाथि बनेको पुल निर्माणमा अनियमितता भएको भन्दै विशेष अदालत काठमाडौंले पप्पु कन्स्ट्रक्सनका पूर्व अध्यक्ष तथा निलम्बित सांसद हरिनारायण रौनियार र उनका छोरा सुमितलाई जनही ३ करोड ६२ लाख २९ हजार जरिवानाको सजाय गरेको छ।

करिब साढे तीन करोड रुपैयाँ जरिवाना गरेको छ। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलसहितको दुई सदस्यीय इजलासले आइतबार रौनियार र उनका छोरालाई जरिवाना गरेको हो।

पप्पु कन्स्ट्रक्सनले जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुमाथि तीन वर्षअघि मुद्दा दायर गरेको थियो। अख्तियारले मुद्दा दायर गरेका १२ जनामध्ये ८ जनालाई अदालतले दोषी ठहर गरेको छ भने  ४ जनाले सफाइ पाएका छन्।

विशेष अदालतले अन्य ६ जनालाई कैदसहित जरिवानाको फैसला गरेको छ।  अदालतले रौनियार र उनका छोरा सुमितलाई जनही ३ करोड ६२ लाख २९ हजार जरिवानाको सजाय गरेको छ भने अन्य ६ जनालाई कैदसहित जरिवाना गरेको छ।

जब्दीघाट पुल निर्माणका क्रममा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको थियो भने पुल बनाउँदा नै बांगो देखिएको र उद्घाटन नहुँदै भत्किने अवस्था आएको अख्तियारको ठहर छ।

बैशाख २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्