कानुन दिवसको अवसरमा चार पूर्वप्रधानन्यायाधीशसहित १५ न्यायाधीश सम्मानित

काठमाडौँ – कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले चारजना पूर्वप्रधानन्यायाधीश र ११ जना पूर्वन्यायाधीशहरुलाई सम्मान गरेको छ।

दिवसका अवसरमा सर्वोच्चले आफ्नै परिसरमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेकी हुन्। सम्मानित हुनेमा २०६६ सालभन्दा अघि सर्वोच्चको प्रधानन्यायाधीश र न्यायाधीश भएकाहरु छन्।

सर्वोच्चले पूर्वप्रधानन्यायाधीशहरु हरिप्रसाद शर्मा, दिलिपकुमार पौडेल, मिनबहादुर रायमाझी र अनुपराज शर्मालाई सम्मान गरेको सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

त्यस्तै सर्वोच्चले पूर्व न्यायाधीशहरु कृष्णजंग रायमाझी, अरविन्दनाथ आचार्य, उदयराज उपाध्याय, टोपबहादुर सिंह, राजेन्द्रराज नाख्वा, ज्ञाइन्द्रबहादुर श्रेष्ठ र शारदा श्रेष्ठलाई सम्मान गरेको छ।

त्यसैगरी सर्वोच्चले हरिजंग सिपापती, बन्द्रिकुमार बस्नेत, राजेन्द्रकुमार भण्डारी र पवनकुमार ओझालाई पनि सम्मान गरेको छ।

बैशाख २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्