दाङ –तुलसीपुरका एकै परिवारका चार जना बिरामी हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ निवासी अढाइ वर्षीय अनमोल पुन रहेका छन्।

बिरामी हुनेमा तुलसीपुर उपमहानगरपालिका ११ निवासी ५२ वर्षीय बुद्धिराम पुन ‘लाटा’, ३७ वर्षीया गौरी पुन, ३६ वर्षीया सुशीला बुढाथोकी र २८ वर्षीया मिना पुन छन्। मिनाको राप्ती लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ भने बाँकी तीन जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहको छ।

मिनाका छोरा अनमोलको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले बताएको छ।

खानपानमा समस्या भएकोले झाडापखाला र वान्ता भएको हुन सक्ने डाक्टरको अनुमान छ। रिपोर्ट भने आइनसकेकोले डाक्टरको भनाइ छ।

उनीहरु चारै जना एक्कासी बिरामी परेपछि उपचारको लागि अस्पताल लगिएको थियो।

बैशाख २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्