‘अवतार – २’ को टिजर हेर्नेको संख्या ठूलो

हलिउडको बहुप्रतिक्षित चलचित्र ‘अवतार–२’ को टिजर सार्वजनिक भएको छ। जेम्स क्यामरुन निर्देशित चलचित्र ‘अवतार– द वे अफ वाटर’ को सोमबार अबेर रात आधिकारिक टिजर सार्वजनिक भएको हो। सार्वजनिक भएको टिजरलाई दर्शकले धेरै रुचाएका छन्।

डिसेम्बरमा प्रदर्शनको मिति राखेको चलचित्र नेपालमा भने पुस १ गते प्रदर्शन हुँदैछ। सार्वजनिक टिजरमा पान्डोरा ग्रहका आदिवासीले आफ्नो ग्रह जोगाउन गरिएको संघर्षलाई देखाइएको छ।

अवतारको पहिलो श्रृंखला जमिन माथिको दृश्यमा केन्द्रित थियो भने दोस्रो श्रृंखलालाई पानीमा छायाँकन गरिएको छ।

सन् २००९ मा प्रदर्शन भएको अवतारको पहिलो श्रृंखलाले २ अर्ब ८४ करोड अमेरिकी डलरको कमाई गरी विश्वकिर्तिमान राखेको थियो। यो चलचित्र सेप्टेम्बरमा नेपालमा पुन प्रदर्शन हुँदैछ।

बैशाख २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्