मतदाता प्रभावित पार्न गएकी बुटवलमा एमालेबाट मेयरका उम्मेदवार भट्टराईकी श्रीमती पक्राउ

बुटवल – बुटवलमा एमालेका उम्मेद्वार बाबुराम भट्टराईकी श्रीमती मौन अवधिमा मतदाता प्रभावित गर्न गएको अवस्थामा पक्राउ परेकी छन्।

बुटवल ११ मजुवामा सिर्जना भुसालको घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

उनी मतदातालाई पैसा बाँड्न गएको आरोप स्थानीयले लगाएका छन्। अहिले प्रहरीले घरमा खानतलासी गरिरहेको छ।

अहिले उक्त क्षेत्र तानवग्रस्त छ।

बैशाख २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्