मौन अवधिमा भोट मागेको विषयमा विवाद हुँदा प्यूठानमा झडप

दाङ – प्यूठानको सरुमारानी गाउँपालिकामा सत्तारुढ गठबन्धन र एमालेका समर्थकबीच भएको झडपमा चार जना घाइते भएका छन्।

घाइते हुनेमा शंकर विश्वकर्मा, टेकेन्द्र मर्स्याङ्ग्री, गुमान सिंह लम्तरी र रमेश राना छन्। घाइतेमध्ये रमेशलाई थप उपचारका लागि बुटवल लगिएको छ। तीन जनाको सरुमारानीमा नै उपचार भइरहेको छ।

गाउँमा भोट माग्दै हिँडेका दुई समूहबीच मौन अवधिमा भोट मागेको विषयमा विवाद भएपछि झडप भएको प्रहरीले जनाएको छ। दुबै पक्षले घटनाबारे एकअर्कालाई आरोप लगाएका छन्।

बैशाख २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्