बुटवलमा बम विस्फोटः घटनास्थल नजिकै नेकपा माओवादीको पर्चा भेटियो

बुटवल – बुटवलको मिलनचोकमा बम विस्फोट भएको छ। मिलनचोकको आकासे पुलनजिक कुकर बम विस्फोट भएको हो।
घटनास्थलमा चुनाव बहिस्कार गर्ने निर्णय गरेको नेकपा माओवादी पार्टीकाे पर्चा भेटिएको छ।
सशस्त्र प्रहरी बल बुटवलका डीएसपी सुरज पाण्डेका अनुसार बम विस्फोटबाट कुनै क्षति भएको छैन। बम विस्फोट भएको नजिकै पर्चाहरू रहेको र अनुसन्धान भइरहेको उनले बताए।
उक्त क्षेत्रमा अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

नाेट- याे समाचार सच्याइएकाे हाे। पहिला प्रहरीले नेकपा बहुमत पार्टीकाे पर्चा भनी सूचना दिएकाे थियाे।