प्रिमियर लिग : सानदार जितसहित सिटी उपाधि नजिक

एजेन्सी- प्रिमियर लिग फुटबलअन्तगर्त म्यानचेस्टर सिटीले सानदार जित निकाल्दै उपाधि नजिक पुगेकाे छ।

गए राति सिटीले वुल्भ्सलाई ५-१ ले हराउँदै सानदार जित निकालेकाे हाे। जित निकालेसँगै शीर्ष स्थानकाे सिटीले पुन: तीन अंककाे अग्रता लिएकाे छ।

लिभरपुलले मंगलबार एस्टन भिल्लामाथि पुनरागमन जितमा शीर्ष स्थानको सिटीसँग अंक बराबरी गरेको थियो।

सिटीका लागि ब्रुनीले चार गाेल र रहिम स्ट्रलिङ एक गाेल गरे। वुल्भ्सका डेनडक्करले एक गाेल गरे।

खेलकाे सातौँ मिनेटमा डी ब्रुनीको गोलमा सिटीले अग्रता लिएको थियो। ११ औँ मिनेटमा डेनडक्करले वुल्भ्सलाई खेलमा फर्काए। त्यसको पाँच मिनेटपछि नै डी ब्रुनीको गोलमा सिटीले पुनः अग्रता लियो।

२४ औँ मिनेटमा डी ब्रुनीले ह्याट्रिक पूरा गर्दै सिटीको अग्रता ३-१ मा पुर्‍याए। ६० औँ मिनेटमा डी ब्रुनीले व्यक्तिगत चौथो गोल पूरा गर्दा सिटी सहज जिततर्फ अघि बढेको थियो। खेल सकिन ६ मिनेट बाँकी रहँदा स्टर्लिङको गोलमा सिटीले सानदार जित निकाल्याे।

सिटी ३६ खेलमा ८९ अंकसहित शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानको लिभरपुलभन्दा तीन अंक बढी हो। उपाधि रक्षाको लक्ष्यमा रहेको सिटीले अन्तिम दुई खेलमा क्रमश: वेस्ट हम र एस्टन भिल्लाको सामना गर्नेछ।

अन्तिम दुई खेलमा चार अंक मात्र जोडे पनि पेप ग्वार्डिओलाको टोलीको उपाधि रक्षा लक्ष्यले पूर्णता पाउनेछ।

बैशाख २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्