गाेरखामा माओवादी कार्यकर्तामाथि कुटपिट

सांकेतिक तस्बिर।

काठमाडाैँ- स्थानीय तहकाे निर्वाचनकाे माैन अवधिका बेला गाेरखामा नेकपा माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट भएकाे छ।

अजिरकोट गाउँपालिका-१, घ्याच्चोकमा बुधबार राति माओवादीका कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङमाथि कुटपिट भएकाे हाे।

उनीहरूको जौवारी स्वास्थ चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखा अस्पताल, गमेरखा लगिएको प्रहरीले जनाएको छ।

कांग्रेसका वडाअध्यक्षका उम्मेदवार ओमबहादुर गुरूङ नेतृत्वको टोलीले उनीहरूमाथि आक्रमण गरेकाे दाबी माओवादीले गरेकाे छ।

माओवादी वडाध्यक्ष मनोज गुरुङका अनुसार बुधबार साँझ खाना खाने तयारी भइरहेका बेला एक्कासि ढुंगा, चिरपटलगायत प्रयोग गरेर आक्रमण भएको हो।

बैशाख २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्