नेप्सेमा दोहोरो अंकको गिरावट

सांकेतिक तस्बिर।

काठमाडौँ – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। साताको सुरुदेखि बढेको नेप्से अन्तिम दिन १८ दशमलव ६४ अंकले घटेर २३ सय ५० अंकमा पुगेको हो। बुधबार नेप्से ५६ अंकले बढेको थियो।

५२ लाख २७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब ३२ करोड ८४ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेमा बुधबार ५३ लाख ३३ हजार एक सय नौ कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब १६ करोड ३९ लाख ९० हजार रुपैयाँको कारोबार भएको थियो। आइतबारदेखि बुधबारसम्म १ सय ३० अंकले बढेको सेयर बजार स्थानीय चुनावको अघिल्लो दिन केही घटेको हो।

बिहीबार नेप्सेको सेन्सेटिभ इन्डेक्स २ दशमलव ७ अंकले घटेर ४ सय ५४ अंकमा आइपुगेको छ। सेयर बजारमा एक सय ७५ कम्पनीका सेयरधनीले गुमाएका छन् भने ४१ कम्पनीका सेयरधनीले नाफा कमाएका छन्। बिहीबार नेप्सेमा म्यान्युफक्चर सेक्टर र अन्य सेक्टरबाहेक सबै सेक्टरका सेयरधनीले नोक्सानी व्यहोरे।

बैशाख २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्