फ्युजमेसिनले सुरु गर्‍यो नयाँ कार्यालय

काठमाडौँ-  आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी विभिन्न कार्यक्रमहरु बनाइरहेको फ्युजमेशिनले काठमाडौँमा नयाँ कार्यालय उद्घाटन गरेको छ। कम्पनीले देवकोटा सडक, नयाँ बानेश्वरमा नयाँ कार्यालय सुरु गरेको हो। कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी प्रमुख अतिथिको भूमिकामा थिए।

कार्यक्रममा फ्युजमेशिनका कर्मचारी, नेपाल र अन्तर्राष्ट्रिय संघसंस्था र विश्वविद्यालयका विशिष्ट व्यक्तिहरू सहभागी थिए।

उद्घाटन कार्यक्रमको सुरुवात राजदूत बेरीले रिबन काटेर गरेका थिए । कार्यक्रममा फ्युजमेशिनका संस्थापक तथा सिईओ डा. समिर मास्के, डोल्मा इम्प्याक्ट फण्डका सिईओ तथा संस्थापक टिम गोचर, आइएमई ग्रुपका सहसंस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकाल र बिजनेश अक्सिजनका अध्यक्ष तथा सिईओ सिद्धान्त पाण्डेले प्रस्तुति दिएका थिए।

एक दशक अघि सानो टिमबाट सुरु गरेको कम्पनीमा अहिले ३०० भन्दा बढी कर्मचारी रहेको र नयाँ ठाउँमा कर्मचारीहरुले थप ऊर्जाले काम गर्ने विश्वास बोकेको मास्केले बताए ।

टिमले गुणस्तरीय एआई प्रशिक्षण प्रदान गरिरहेको पनि उनले बताए।

बैशाख २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्