रनिल विक्रमासिंघे श्रीलंकाका नयाँ प्रधानमन्त्री नियुक्त

रनिल विक्रमासिंघे श्रीलंकाको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्।

यसअघि पाँच पटक श्रीलंकाको प्रधानमन्त्री भइसकेका उनी छैटौँ पटक प्रधानमन्त्री नियुक्त भएका हुन्।

श्रीलंका यतिबेला गम्भीर आर्थिक संकटमा फँसेको छ। जसका कारण देशव्यापी पदर्शन चर्किएको छ। प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रधानमन्त्री महिन्द्रा राजापाक्षेले राजीनामा दिएका थिए। उनको राजीनामापछि पनि प्रदर्शन जारी छ।

श्रीलंकामा खाद्यान्न, इन्धन र औषधि चर्को अभाव भइरहेको छ।

बैशाख २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्