वर्षाले गर्दा ढिला मतदान हुने

झापा- स्थानीय तहका लागि जनप्रतिनिधि छान्न आज केही बेरमा मतदान सुरु हुँदैछ।

बिहान सात बजेबाट सुरु हुने मतदान तयारीका काम केही बाँकी रहेकाले केही बेर ढिला भएको झापाका मतदान अधिकृतहरूले बताएका छन्।

झापाका अधिकांश स्थानमा राति वर्षा भएकाले आज बिहानैदेखि पुनः संरचना बनाउनु पर्ने भएकाले केहीबेर ढिला भएको हो।

झापाका केही स्थानमा आज बिहान पनि वर्षा भएको थियो। मतदाता पनि मतदानस्थलमा ढिलो गरी आउन थालेका छन्।

मतदान केन्द्रमा खटिएका कर्मचारी बिहानैदेखि मतदानका लागि तयारीमा खटिएका छन्।

विराटनगर लगायत देशका अधिकांश स्थानमा भने सिमसिमे वर्षाको ख्याल नै मतदाता बिहानैदेखि लामबद्ध छन्।

निर्वाचन आयोगका अनुसार आज मतदान सकिए पश्चात मतगणनाको काम सुरु गरिनेछ।

बैशाख ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्