प्रधानमन्त्री देउवाले गरे मतदान

धनगढी- नेपाल कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरास्थित रुवाखाेलामा मतदान गरेका छन्।

प्रधानमन्त्री देउवा आज नै धनगढीस्थित निवासबाट मतदान गर्न डडेल्धुरा गएका हुन्।

देउवाले स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरे।

यसअघिको निर्वाचनमा पनि प्रधानमन्त्रीले यही मतदान केन्द्रबाट मतदान गरेका थिए।

प्रधानमन्त्री देउवा वैशाख २५ गतेदेखी सुदूरपश्चिममै रहेका छन्। देउवा आज नै डडेल्धुराबाट काठमाडाैँ जाने उनकाे सचिवालयले जनाएकाे छ।

बैशाख ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्