काठमाडौँ– काठमाडौँ महानगरपालिकामा उत्साहका साथ मतदान भइरहेको छ।

केही स्थानमा बिहान ७ बजेदेखि नै मतदान शुरु भएको थियो भने केही केन्द्रमा केही ढिलो गरी मतदान शुरु भएको हो।

देशको आकर्षणको क्षेत्र रहेको काठमाडौँ महानगरपालिकाका मुख्य उम्मेदवारहरुले अहिले मतदान गरिरहेका छन्। यस्तै स्थानीय बासिन्दाहरुले पनि उत्साहित भई मतपेटिकामा मत खसालिरहेका छन्।

देशसञ्चारका फोटो पत्रकारहरु बर्षा शाह र सुलभ श्रेष्ठले मतदान केन्द्रहरुमा गएर मतदान गरिरहेका तस्बिरहरु खिचेका छन्: