विराटनगर- प्रदेश-१ काे पहाडी जिल्ला ओलखढुंगाको चम्पादेवी गाँउपालिकामा झडप हुँदा ९ राउण्ड हवाइ फायर भएको छ।

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच दोहोरो झडप भए पनि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाइ फायर गरेको हो।

मतदानको विषयमा मतान्तर हुँदा दुवै पक्षबीच झडप भएको बताइएको छ। जसका कारण केही सयम सो क्षेत्रका अवस्था तनावग्रस्त रहेको थियो।

स्थितिलाई नियन्त्रणमा लिन ९ राउन्ड हवाइ फायर गर्नु परेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको हो।

चम्पादेवी गाउँपालिका–९ स्थित जीवन ज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदाताको लाइन मिलाउने क्रममा विवाद हुँदा दुवै पक्षका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ।

त्यहाँस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान पुनः सुचारु गराउन छलफल भइरहेको छ।

बैशाख ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्