उत्तर कोरियामा पहिलाे पटक काेराेना संक्रमणबाट मृत्यु

उत्तर कोरियामा काेराेना संक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ। याे नै उत्तर काेरियामा काेराेनाबाट मृत्यु भएकाे पहिलाे केस हाे।

उत्तर कोरियाले मृत्युकाे पुष्टि गर्दै भाइरस राष्ट्रव्यापी रूपमा फैलिरहेकाे र हजाराैँ मानिस बिरामी भएकाे बताएकाे छ।

कोरोनाका एक सङ्क्रमित भेटिएको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले बिहीबार जानकारी दिएको थियो। सो समाचार समितिले यहाँ गएको दुई वर्षपछि पहिलो पटक एक जनामा यो सङ्क्रमण पाइएको जानकरी दिएको थियो।

सो समाचार समितिका अनुसार राजधानी प्योङयाङका केही बिरामीमा गरिएको परीक्षणबाट एक जनामा यो सङ्क्रमण पाइएका थिए।

यहाँ पाइएको सङ्क्रमण कोभिडको ओमिक्रोन भर्सन भएको पनि समाचारमा जनाइएको छ।

यो सङ्क्रमण पाइएपछि यहाँको सरकारले यसलाई राष्ट्रिय सङ्कटको अवस्था भनेको पनि सो समाचार समितिले जनाएको छ।

बैशाख ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्