बंगलादेश सरकारद्वारा सरकारी अधिकारीहरूका विदेश भ्रमणमा रोक

बंगलादेश सरकारले यहाँका सबै सरकारी अधिकारीहरूका विदेश भ्रमणमा रोक लगाएको छ।

कोभिडपछि यहाँको अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै यहाँको विकास बजेट या अन्य कुनै बजेटबाट विदेश भ्रमण गर्न रोक लगाइएको हाे।

यहाँको सरकारले कोभिडपछिको अर्थतन्त्रको सुधारका लागि विभिन्न कार्यक्रम ल्याएको जनाएको छ। ती कार्यक्रमहरूमा सहयोग गर्न सबै सरकारी अधिकारीहरूलाई यहाँको अर्थ मन्त्रालयले आग्रह पनि गरेको छ।

अर्थ मन्त्रालयले बिहीबार एक सूचना प्रकाशन गरेर यहाँका सरकारी भ्रमणहरू सबै प्रकारका हाललाई रोकिएको जनाएको छ।

यहाँको केन्द्रीय बैंकले बंगलादेशमा विलासिताका र अत्यावश्यक बाहेकका वस्तुहरू आयातमा पनि रोक लगाएको छ।

यहाँको केन्द्रीय बैंकले आर्थिक सुधार र मितव्ययितासम्बन्धी कार्यक्रमहरू ल्याएको थियो। सो कार्यक्रममा सरकारी अधिकारीहरूले गर्ने विदेश भ्रमणका साथै विलासिताका सामानहरूको आयातमा रोक लगाइएको छ।

यहाँको सरकारले वैदेशिक मुद्राको सञ्चिती घट्दै गएको भन्दै यहाँ खाद्यान्न सहितको अत्यावश्यक बाहेकका अरू सामानहरूको आयातमा रोक लगाइएको बताइएको छ।

बैशाख ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्