लमजुङमा निर्वतमान वडाध्यक्ष समर्थकले मतदाता कुटे

काठमाडौँ – लमजुङमा मतदानको क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन्।

बेंसीशहर नगरपालिका वडा नम्बर ११ स्थित एक मतदान केन्द्रमा कांग्रेस निकट किरीयापुत्री भोट हाल्न जाँदा उनलाई सघाउन अर्का व्यक्ति पनि सँगै गएको भन्दै एमाले कार्यकर्ताले विवाद गरेका थिए। त्यसपछि दुई पक्षबीच झडप भएको हो।

किरीयापुत्री मनोज पन्त आफूसँगै सहयोगी लिएर छिर्दा ११ नम्बर वडाका निर्वतमान अध्यक्ष एमाले निकट अच्युत बगाले थापा नेतृत्वको टोली कुटपिटमा उत्रिएको हो।

कांग्रेस समर्थकहरु पनि थापाको टोलीमाथि कुटपिटमा उत्रिएपछि झडप भएको हो ।

झडपमा कांंग्रेस सर्मथक प्रवल पन्त र निराजन पन्त घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।

मतदान स्थलमा एकाएक कांग्रेस मतदाताको संख्या बढेपछि एमाले कार्यकर्ताले अबरोध गर्न खोजेका स्थानीयले बताए ।

अवरोध गर्न खोजेपछि कांग्रेस समर्थक र एमाले नेता कार्यकर्ताबीच बिबाद र धकेलाधकेल भएपछि कुटपिट सुरु भएको थियो ।

सुरक्षाकर्मीले अवस्थालाई नियन्त्रणमा लिन नसकेपछि नेपाली सेनाले झडप साम्य पारेको थियो । एक घन्टाभन्दा धेरै तनावको स्थिति आएपछि पुन मतदान सुरु भएको बेसीशहर नगरपालिकाका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए ।

उक्त वडामा १९०० मतदाता छन् भने ३ बजेसम्म ९ सय हाराहारीमा मत खसेको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।

बैशाख ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्