युएईका राष्ट्रपति शेख खलिफाको निधन

संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको छ।

उनको शुक्रबार ७३ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनी लामो‍ समयदेखि बिरामी थिए।

युएईको राष्ट्रपति मामिला मन्त्रालयले राष्ट्रपति शेख खलिफाको निधन भएको पुष्टि गरेको छ।

उनी युएईका दोस्रो राष्ट्रपति हुन्। उनी सन् २००४ देखि युएईको सत्तामा थिए।

बैशाख ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्