फोटो फिचर
काठमाडौँ – स्थानीय तहको निर्वाचनका लागि शुक्रबार तोकिएको मतदान सकिएको छ।
निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तोकेको समयमा अधिकांश मतदान केन्द्रहरुमा मतदान सकिएको हो। मतदान सकिएका स्थानहरुबाट मतपेटिका संकलन गर्ने काम सुरु भएको छ।
यसैबीच काठमाडौँ महानगरपालिकाका मतदान सकिएका मतदान केन्द्रबाट पनि मतपेटिका संकलन थालिएको छ। काठमाडौँ महानगरपालिकाको मतगणना प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुँदैछ।
सबै ठाउँबाट मतपेटिका संकलन गरिसेकपछि मतगणना सुरु हुनेछ। अहिले सुरक्षाकर्मीको सहयोगमा मतपेटिका संकलनको काम भइरहेको छ।