धनगढी– सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको मतगणना भोलि बिहानदेखि सुरु हुने भएको छ। मतपेटिका संकलनमा समय लाग्ने भन्दै भोलि बिहानदेखि मतगणना थालिने भएको हो।

सर्वदलीय बैठक बसेर भोलिबाट मतगणना गरिने कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए।

धनगढीको मेयर, उपमेयरसहित ९७ जना जनप्रतिनिधि चुन्नका लागि आज मतदान सम्पन्न भएको छ। उपमहानगरको मेयरमा मात्रै ९ जनाको उम्मेदवारी छ। धनगढीको मतगणना उपमहानगरपालिकाको नयाँ भवनमा हुने भएको छ।