१४ जिल्लाका ४४ निर्वाचन केन्द्रमा मतदान स्थगित

फाइल तस्बिर

काठमाडौं- निर्वाचन आयोगले देशभरि ४४ वटा मतदान केन्द्रमा निर्वाचन स्थगित भएको जानकारी दिएको छ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत् १४ जिल्लाको १८ पालिकाअन्तर्गत २८ मतदानस्थलको ४४ वटा मतदान केन्द्रको निर्वाचन स्थगित भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।

उनले स्थगित भएको ठाउँमा छिट्टै मतदान गर्ने जानकारी पनि गराए।

बैशाख ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्