नेपालगञ्ज – बर्दिया जिल्लामा ७२ प्रतिशत मत खसेको छ।

जिल्लामा सबैभन्दा धेरै गुलरिया नगरपालिकामा मत खसेको छ। गुलरियामा ७५ प्रतिशत मत खसेको छ।

बढैयातालमा ७३ प्रतिशत, ठाकुरबाबा, बारबर्दिया र राजापुरमा ७२ प्रतिशत, बाँसगढी र मधुवनमा ७१ प्रतिशत मत खसेको छ।

यसैबीच बर्दियाको बाँसगढी नगरपालिकाको माछागढ थुमनी मतदानस्थलमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले मत पत्र च्यातेको छ।

वैद्य माओवादीका जिल्ला सचिव विक्रमदत्त भण्डारीले मतपत्र च्यातेर बाकस उठाएर फालेका थिए। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बैशाख ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्