दाङ – दाङमा ७० प्रतिशतभन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ।

जिल्लामा ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले बताए।

१० स्थानीय तहमा खसेको मतको विवरण संकलनको काम भइरहेको छ। सबै पालिकाबाट प्राप्त हुने विवरणलाई आधार मानेर जिल्लाको जम्मा विवरण तयार गरिँदैछ। दाङमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ।

बैशाख ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्