मनाङ चामेमा एमालेका घले फेरि बने अध्यक्ष, उपाध्यक्ष कांग्रेसलाई

मनाङ- मनाङको चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका लोकेन्द्रबहादुर घलेले जित हात परेका छन्। उनी यसअघि पनि चामे गाउँपालिकाका अध्यक्ष थिए।

उनले ३ सय २० मत हात पारेका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामा २७९ मतमै सीमित रहनुपर्‍यो।

२०७४ सालकाे निर्वाचनमा पनि घलेले २१४ मत ल्याएर जितेका थिए।

चामेको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी भएकी छिन्। उनकी प्रतिद्वन्द्वी  एमालेकी आशाकुमारी गुरूङले २ सय ७४ मत पाइन्।

चामेको वडा १ को अध्यक्षमा एमाले र २ मा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्। वडा ३  र ४ मा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् भने वडा ५ मा दुवै दलका उम्मेदवारले बराबर ३०-३० मत पाएका छन्।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्