मनाङको नार्पाभूमिमा कांग्रेस विजयी

मनाङ- मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् ।

लामा १ सय ५८ मत ल्याएर अध्यक्ष पदमा विजयी भएका हुन् ।

मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत पाएका छन् ।

४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो। केही मत बदर भएको छ।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्