झापा – झापाका ६ वटा स्थानीय तहमा मतगणना शुरु भएको छ। कनकाई, कचनकवल, भद्रपुर, हल्दिवारी, बाह्रदशी र दमकमा मात्र मतगणना शुरु भएको हो।

सबै स्थानीय तहमा मतगणना शुरु भए–नभएको सबै जानकारी आइनसकेको झापाका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिए।

उनले भने, ‘हिजो मतदानको कार्यक्रम केही ढिला भएको हो। आजबाट मतगणनाको कामले तीब्रता लिन्छ।’

कनकाई नगरपालिकामा गरिएको मतगणनामा स्वतन्त्र मेयर पदमा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले शुरुवाती अग्रता लिएका छन्।

त्यहाँ वडा नम्बर ८ र ९ बाट मतगणना सुरु गरिएको हो।

३ सय मत गन्दा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले जेब्रा चुनाव चिन्हबाट १ सय ४१ मत ल्याएका छन्।

दोस्रोमा सूर्यको ७७ मत आएको छ भने तेस्रो स्थानमा रहेको रुखले २८ मत पाएको छ। यसैगरी हलोको ९ मत आएको छ।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्