सिमकोट – हिमाली जिल्ला हुुम्लामा ७९.४ प्रतिशत मत खसेको छ । यो सङ्ख्या बैशाख ३० गते खसेको जिल्लाका सात वटै गाउँपालिकाका ४४ वटा वडाको हो ।

जिल्ला निर्वाचन कार्यालयका सुुचनाअधिकारी श्यामबहादुुर रानाका अनुुसार यस पटकको स्थानीय तह निर्वाचनमा हुुम्ला जिल्लामा ७९ दशमल वचार प्रतिशत मत खसेको छ । हुम्लाको दुुई वटा मतदान केन्द्रमा विवाद पछि स्थगित भएको मतदान राती आठ बजेबाट सुुरु भएको कारण खार्पुनाथ गाउँपालिका–१ को मालिकामावि मतदान केन्द्र र सर्केगार्ड गाउँपालिका–७ को कोट मावि मतदान केन्द्रमा रातीदश बजेसम्म मतदान कार्य भएको थियो। गाउँपालिका अनुुसार नाम्खा गाउँपालिकामा तीन हजार १८२ मा दुुई हजार ३७१ खसेको छ भने सिमकोटमा छ हजार ६३६ मा पाँच हजार ३६७ मत खसेको छ ।

त्यसैगरी खार्पुनाथमा कुल मत चार हजार ४७ मा तीन हजार १२४, सर्केगार्डमा छ हजार ६८० मा पाँचहजार २५४, चंङ्खेलीमा तीनहजार ५४८ मा दुुई हजार ६९६ मत खसेको छ । त्यसै गरस् अदानचुलीमा कुलमत चार हजार ७२० रहेकोमा तीन हजार ९३१ खसेको र ताँजाको गाउँपालिकामा तीन हजार ७६८ रहेकोमा तीन हजार ३१ मत खसेको छ । हुुम्ला जिल्लमा कुुल खसेको मत सङ्ख्या २५ हजार ७५४ खसेको छ । जिल्लाको कुल मतदाता सङ्ख्या ३२ हजार ६८१ रहेको थियो ।

 

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्