काठमाडौँ महानगरमा प्रतिनिधि राख्ने विषयमा कुरा मिल्यो, केहीबेरबाट मतगणना

काठमाडौँ – उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा सहमति जुटेपछि केही बेरमा काठमाडौँ महानगरपालिकामा मत गणना शुरु हुने भएको छ।

शनिबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने भनिएको काठमाडौँ महानगरपालिकामा उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा सहमति नजुट्दा मतगणना कार्यमा ढिलाई भएको थियो।

अब भने स्वतन्त्र उम्मेदवारको तर्फबाट एक उम्मेदवार एक प्रतिनिधि राख्ने सहमति जुटेको छ । सहमति जुटेसँगै केहीबाट मतगणना सुरु गर्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको छ।

महानगरको वडा नम्बर १ र ३२ बाट सबैभन्दा पहिला मतगणना सुरु हुनेछ । यसअघि स्वतन्त्र उम्मेदवारको तर्फबाट प्रतिनिधि राख्ने विषयमा विवाद उत्पन्न भएको थियो।

निर्वाचन अधिकृतको कार्यालयले पाँच जना स्वतन्त्र उम्मेदवार बराबर एक प्रतिनिधि राख्ने कुरा भएपछि स्वतन्त्र उम्मेदवारहरूले विरोध गरेका थिए । जसले गर्दा मतगणनाको कार्य ढिलाइ भएको थियो।

तस्बिरहरु – बर्षा शाह 

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्