खप्तड छान्ना- १ काे वडाध्यक्षमा देवीभक्त विजयी

धनगढी- बझाङ जिल्लाकाे खप्तड छान्ना गाउँपालिका- १ काे वडाध्यक्षमा देवीभक्त जाेशी विजयी भएका छन्।

जाेशी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन्।

जोशीले ४ सय ४० मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिष्पर्धी नेकपा एमालेका सुरेश खत्रीले २ सय ३८ मत प्राप्त गरे।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्