फाइल तस्बिर।

वीरगञ्ज –  मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकामा केही बेरमा मतगणना शुरु हुने भएको छ ।

बिहान ११ बजेदेखि मतगणना कार्य शुरु गरिने भनिए पनि अहिले खाना खानको लागि केही बेर ढिलो गरि मतगणना शुरु हुने प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

पौने १२ बजेदेखि वीरगञ्जको नृसिङ माबिमा मतगणना शुरु हुने उनले जानकारी दिए ।वीरगञ्जमा ९४३२४ मत खसेको छ ।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्