चामे–५ मा गोलाप्रथापछि एमाले विजयी

काठमाडौँ – मनाङको चामे गाउँपालिका ५ को वडाअध्यक्ष दुवै पदका आकांक्षीले बराबर मत ल्याएपछि गोलाप्रथा द्वारा गर्दा एमालेका कैली गुरुङ विजयी भएका छन्।

उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फूर्वा छिरिङ लामाले पनि कैली गुरुङ कै जति भोट ल्याएपछि गरिएको गोलाप्रथामा कैलीको नाम आई उनी विजयी भएका हुन्।

जम्मा ७२ जना मतदाता रहेको यो क्षेत्रमा ६१ मत खसेको थियो। यी दुई उम्मेदवारले समान ३० भोट पाएका थिए।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्