महोत्तरीको सम्सी गाउँपालिकामा ६०० मतको गणना गर्दा कांग्रेस अगाडि

जनकपुरधाम – महोत्तरीको सम्सी गाउँपालिकामा ६०० मतको गणना हुँदा नेपाली कांग्रेसले अग्रता हासिल गरेको छ ।

नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार उत्तिम प्रसाद यादवले १८९ मत ल्याएका छन् । यस्तै जनता समाजवादी पार्टीका रामनाथ यादवले १५७, जनमत पार्टीका राज किशोर चौधरीले ९०, लोसपाका शेख अनवारुल हकले ८९ मत ल्याएका हुन् ।

नेकपा एमालेका फारुक शेख ३०, माओवादी केन्द्रका मोहम्मद सहवाज हैदरले १३ मत ल्याएका छन् । यस्तै १० मत बदर भएको हो ।

उपाध्यक्ष तर्फ नेपाली कांग्रेसकी उर्मिला देवी साह १९४, जसपाकी अनिता कुमारी १६५, लोसपाकी राम दुलारी देवी ९०, जनमत पार्टीकी रिता देवी झा ७९, नेकपा एमालेकी मीनाक्षी कुमारी २९ र नेकपा माओवादी केन्द्रकी अर्चना कुमारी यादवले ८ मत ल्याएकी छिन् ।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्