भरतपुर महानगरको मतगणना सुरु

काठमाडाैँ- भरतपुर महानगरपालिकाको मत गन्न सुरु गरिएको छ।

केहीबेर अघि मत गन्न थालिएको भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले देश सञ्चारलाई जानकारी दिए।

चितवन उद्योग संघभित्र रहेको औद्याेगिक प्रर्दशनी केन्द्रमा मतगणना गरिँदैछ।

वडा नम्बर एकबाट मत गन्न थालिएको छ। महानगरमा तोकिएको भन्दा दुई घन्टा ढिला गरी मतगणना सुरु भएको हो। मत गणना गर्ने प्रतिनिधिको व्यवस्थापन नहुँदा ढिला भएको थियो।

भरतपुर महानगरको चुनावी परिणामलाई चासोको साथ हेरिएको छ। महानगरको प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी पुत्री रेनु दाहाल उठेकी छन् भने नेकपा एमालेको तर्फबाट विजय सुवेदी उम्मेदवार छन्।

सत्ता गठबन्धनको तर्फबाट उठाएको उम्मेदवारमा चित्त नबुझेपछि कांग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन्।

सत्ता गठबन्धनका कांग्रेस र माओवादी केन्द्रले धेरै प्रयास गर्दा पनि पौडेललाई बागी उम्मेदवारबाट पछि हटाउन सकेनन्। यही कारण भरतपुरको चुनावी चर्चा र चासो चुलिएको हो।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्