लमही नगरपालिकामा कांग्रेसकाे सुरुवाती अग्रता

दाङ- लमही नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ।

नगरकाे वडा नम्बर १, ५ र ९ काे ३०३ मत गन्दा कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार जाेगराज चाैधरीले ९३, नेकपा एमालेका दण्डिराम चाैधरीले ८४ र नेकपा माओवादी केन्द्रका वसन्तराज शर्माले ७९ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा कांग्रेसका लक्ष्मी याेगीले ९९, एमालेका शुसिला शर्माले ७८ र माओवादी केन्द्रका गंगा पाण्डेले ६६ मत प्राप्त गरेका छन्।

लमही नगरपालिकामा यसअघि नेकपा एमालेका उम्मेदवारले जितेका थिए।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्