दलका प्रतिनिधिले साँचो बोकेर हिड्दा वीरगञ्जमा मतगणना ढिलाइ

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकामा मतपेटिका राखेको कोठाको साँचा दलका प्रतिनिधिले बोकेर हिड्दा गणनामा ढिलाइ भएको छ।

राति मतपेटिका राखेर निर्वाचन अधिकृतको कार्यालयसँगै दलहरुले पनि ताला लगाएका थिए।

तर १ बज्न लाग्दासमेत चाँसो लिएका प्रतिनिधि नआउँदा गणनाको प्रक्रिया थाल्न नसकिएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए। उनले कुन दलका प्रतिनिनिधि नआएको हो त्यो बताउन चोहनन्।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्