धनगढी उपमहानगरकाे मतगणना सुरु

धनगढी- सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको मतगणना सुरु भएको छ।
सर्वदलीय बैठकपछि आज साढे १२ बजेदेखि मत गणना सुरु भएको हो।
झण्डै ९३ हजार मतदाता रहेकाे धनगढी उपमहानगरमा ६३ हजार ५ सय १५ मत खसेकाे थियाे।
१९ वटा वडा रहेकाे धनगढीमा अहिले बजार क्षेत्र रहेकाे वडा नम्बर १ बाट मतगणना सुरु गरिएकाे हाे।