विराटनगर – विराटनगर महानगरपालिकाको प्रारम्भिक मतगणनाको नतिजामा नेपाली कांग्रेसले अग्रता लिएको छ।

विराटनगरको आर्दश माविमा जारी सुरुवाती ७ सय मतणनामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले २ सय ६९ मत पाएका छन्। त्यसैगरि, नेकपा एमालेका उम्मेदवार सागर थापाले १ सय ८१ मत पाएका छन्।

जसपा बाट अलग्गिदै स्वतन्त्रबाट उम्मेदवारी दिएका उमेश यादवले ७० मत पाएका छन्। त्यसैगरि, उपमेयरमा एमालेकी उम्मेदवार शिल्पा कार्कीले २ सय २६ मत पाएकी छिन्। त्यसैगरि, गठबन्धनतर्फबाट जसपाका उम्मेदवार अमरेन्द्र यादवले १ सय ५२ मत पाएको बताइएको छ। हाल महानगरको १९ वटा वडा मध्ये ६ वटा वडाको मतगणना भइरहेको छ।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्