सुर्खेतको पञ्चपुरी-१ मा एमालेको प्यानल नै विजयी

सुर्खेत – पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ ।
पञ्चपुरी नगरपालिका–१ मा एमालेका कर्णबहादुर थापाको प्यानल विजयी भएको हो । थापाले चार सय ७९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बुँदे साउनले तीन सय ६३ मत पाए ।

यस्तै, माओवादी केन्द्रका नरबहादुर विकले ४२ र राप्रपाका देवबहादुर रानाले १४ मत पाएका छन् ।

नगरपालिकामा प्रमुखमा कांग्रेसले अग्रता लिएको छ । १४ सय मत गणना हुँदा कांग्रेसका लालबहादुर भण्डारीले पाँच सय ५८ मतका साथ अग्रता लिएका छन् । भण्डारीलाई एमालेका धनबहादुर थापाले पाँच सय १५ मत पाएका छन् ।

उपप्रमुखमा पनि कांग्रेसकी मुक्तिदेवी रेग्मीले पाँच सय ६० मतका साथ अग्रता लिएकी छिन् । एमालेकी दुर्गाकुमारी जैसीले चार सय ९९ मत पाएकी छिन् ।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्