नगराइन नगरपालिकामा कांग्रेसको अग्रता

जनकपुरधाम- धनुषाको नगराइन नगरपालिकाकाे प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।

नगराइन नगरपालिका-१ को ताजा मतपरिणाम अनुसार १०० मत गन्दा कांग्रेसका विनय कुमार यादवले ६२ मत प्राप्त गरेका छन्।

यस्तै, नेकपा एमालेका रामबाबु पजियारले ३० मत प्राप्त गरेका छन् भने लोसपाका उम्मेदवार राजु चौधरीले ४ मत पाएका छन्।

नगराइन कांग्रेसका नेता विमलेन्द्र निधिको गृहनगर हो।

उपमेयरमा कांग्रेसकी रञ्जु कुमारी साहले ५४, एमालेकी राधा देवी यादवले ३४ र लोसपाकी उर्मिला देवी मण्डल ४ मत ल्याएकी छन्।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्