भक्तपुर – चाँगुनारायण नगरपालिकामा नेकपा (एमाले) ले अग्रता लिएको छ । मतगणनाअनुसार एमालेतर्फबाट प्रमुख पदकी उम्मेदवार बिना बाँस्तोलाले २३८, नेपाली कांग्रेसका जीवन खत्रीले २२५ मत प्राप्त गरेकी छन्।

नगरको उपप्रमुखमा एमालेको तर्फका उम्मेदवार रमेश बुढाथोकीले २४० र नेपाली कांग्रेसका सुभद्रा काफ्लले १२६ मत प्राप्त गरेका छन्। चाँगुनारयण नगरमा उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मतगणना ढिला सुरु भएको थियो ।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्