मनाङको नासोँमा कांग्रेस विजयी

मनाङ- मनाङको नासोँ गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुर गुरुङ ८ सय २० मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका छन्।

धनबहादुरले नेकपा एमालेका मनबहादुर गुरुङलाई पछि पारेका हुन्।

निर्वाचन अधिकारीहरुका अनुसार मनबहादुरले ६ सय ९६ मत प्राप्त गरेका छन्। यसअघि मनबहादुर गाउँपालिका अध्यक्ष थिए।

उपाध्यक्षमा माओवादी केन्द्रका बेदबहादुर गुरुङ ९ सय १३ मतसाथ विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी अर्विन गुरुङले भने ७ सय ९६ मत पाएका छन्।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्